नृत्य प्रतियोगितामा युएस, एभरेष्ट र प्रिसियस विजयी
बागलुङ, २४ जेठ बागलुङ नगरपालिका–२ स्थित चेतनशील बाल क्लबको आयोजनामा बालमैत्री कार्यक्रमअन्तर्गत आइतबार नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा युएस एकेडेमी प्रथम, न्यु एभरेष्ट एकेडेमी द्वितीय तथा प्रिसियस एकेडेमी तृतीय भएका छन्। विजेता टोलीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको […]