उद्यमी लक्ष्मीको प्रेरणादायी कथा
बागलुङ, १९ भदौ गाउँमै होजियारी उद्योग चलाइरहनुभएकी लक्ष्मी क्षेत्री धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । बागलुङ नगरपालिका–१३ पैँयूपाटाकी उहाँले सञ्चालन गरेको ‘लक्ष्मी होजीयारी उद्योग’मा घरका सदस्यसहित दुई जनाले रोजगारी पाएका छन् । ५४ वर्षीया क्षेत्री अहिले कलेजी रङ्गका स्वीटर बुन्न व्यवस्त हुनुहुन्छ । आउने जाडोयाममा शिक्षकहरुका लागि स्वीटरको माग भएपछि उहाँलाई भ्याइनभ्याइ भएको हो […]