असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
पोखरा, २९ भदौ दुबईदेखि पोखराका लागि उडेको फ्लाई दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३)को साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई विमानस्थलमा स्वागत गरिनेछ । पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे उक्त जहाज दुबईका लागि उड्नेछ । फ्लाई दुबईको एयर बस ३१९÷३२० ले पोखरा–दुबई उडान […]