निसीखोलामा पहिरोले घरगोठमा क्षति, ४० घर जोखिममा
बागलुङ, २९ साउन अविरल वर्षापछि बागलुङको निसीखोला गाउँपालिका–२ उपल्लो बेंग्रीको धाराटोल क्षेत्रमा ठूलो ढुङ्गासहितको पहिरो खस्दा स्थानीयका घर तथा गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विहिबार राति परेको अविरल वर्षाका कारण हाडीचारतर्फको बाटोबाट आएको पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठमा क्षति पुर्याएको हो। पहिरोका कारण स्थानीय धनबहादुर खत्री, देबिराम घर्ती, कुबेर विक, राजन […]