मानवसेवा आश्रम बागलुङद्वारा नौ वर्षमा दुई सय २६ जनाको उद्धार
बागलुङ, ३० पुस मानवसेवा आश्रम बागलुङले नौ वर्षमा दुई सय २६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ । आश्रमद्वारा बुधबार आयोजित प्रगति प्रतिवेदन सार्वजनिकीकरण एवं सामाजिक लेखा परीक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो । आश्रमका संयोजक विपना तामाङका अनुसार उद्धार गरिएकामध्ये ४८ जनाको पारिवारिक पुनर्मिलन भएको छ । ३२ जनाले आश्रममै ज्यान गुमाएको र […]