विज्ञापन सम्बन्धी विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
बागलुङ, १० जेठ नेपाल पत्रकार महासंघ बागलुङले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णयविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ । महासंघको केन्द्रीय समितिको आव्हानमा सुरु भएको देशव्यापी आन्दोलनअन्तर्गत जिल्ला शाखा बागलुङले पनि हस्ताक्षर संकलन सुरु गरेको हो । सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान अधिकार सुनिश्चित गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय फिर्ता […]