सवारीसाधनको प्रदूषण चेकजाँचमा कडाइ
पोखरा, २६ साउन पोखरामा आइतबार ८० वटा सवारीसाधनको प्रदूषण चेकजाँच गर्दा १५ वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फाल्ने गरेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको छड्के अनुगमनका क्रममा ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो । बढी धुँवा फाल्ने र यान्त्रिक अवस्था ठिक नभएका सवारीसाधनको चेकजाँचमा पछिल्लो समय कडाइ […]