इनिसाका हत्यारालाई कारबाहीको माग गर्दै बागलुङमा विरोध प्रदर्शन
बागलुङ, २८ फागुन सुर्खेतकी १६ वर्षीया इनिसा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रवुद्ध युवा समूह बागलुङले बिहीबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा युवाहरूले “इनिसाको न्याय हाम्रो आवाज”, “पहिला निर्मला अहिले इनिसा, अब सहिँदैन”, “बलात्कारीलाई सजाय देउ”, “पीडितलाई न्याय देउ”, “अपराधीलाई कारबाही गर”, “बलात्कार […]