पोखरामा साताव्यापी कार्यक्रमसहित अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै
पोखरा, ३ असार यही असार ९ (जुन २३) मा पर्ने अन्तर्राष्ट्रिय ओलम्पिक दिवस पोखरामा विविध कार्यक्रम गरी मनाउन सुरु गरिएको छ । नेशनल ओलम्पिक एकेडेमी नेपाल, प्रदेश खेलकुद परिषद्, नेपाल भूतपूर्व खेलाडी मञ्चलगायत खेल सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा दिवस मनाउन लागिएको हो । साताव्यापी कार्यक्रमअन्तर्गत मङ्गलबार प्रदेश खेलकुद परिषद्का पदाधिकारी, सदस्य र प्रदेशस्तरीय खेल सङ्घका पदाधिकारीलाई […]