कार्यालयले मंगलबार विज्ञप्तिमार्फत डुंगा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र संचालन गर्न भनेको छ । लाइफ ज्याजेकविना ती गतिविधिमा भाग लिनबाट पूर्ण रूपमा रोक लगाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले सेवाग्राहीरूले के-कस्तो अवस्थामा जलपर्यटसँगसम्बन्धी गतिविधिमा भाग लिएका छन् भनेर नियमित निगरानी गर्नुपर्ने उल्लेख गरिएको छ । १६ वर्षुमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ र सर्फिङ बोट संचालन गर्न नदिन आग्रह गरिएको छ । त्यस्तै तोकिएको स्थानमा मात्र कायाकिङ र सर्फिङ बोट संचालन गर्न अनुरोध गरिएको छ ।
पूर्व स्वीकृति लिएको भन्दा बढी संख्यामा कायाकिङ र सर्फिङ बोट संचालन नगर्न भनिएको छ । पर्यावरणीय स्वच्छता र सुन्दरतामा आँच नआउने गरि जलपर्यटन गतिविधि संचालन गर्न अनुरोध गरिएको छ । यीलगायत विभिन्न १५ वटा बुँदामा डुंगा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।
