• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

काँग्रेस बागलुङ–१ को क्षेत्रीय सभापतिमा थापा

बागलुङ, १६ असोज

नेपाली काँग्रेस बागलुङ–१ को क्षेत्रीय सभापतिमा खड्क थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मंगलबारदेखि सुरू भएको क्षेत्रीय अधिवेशनबाट थापा नेतृत्वमा आउनुभएको हो ।

सभापतिका अर्का उम्मेदवार नारायणप्रसाद श्रेष्ठले मनोनयन फिर्ता लिएपछि थापा सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। थापा यसअघि २०७९ मा भएको क्षेत्रीय अधिवेशनमा चार मतले पराजित हुनुभएको थियो ।

काठेखोला–१ पालाको वडा सभापति, नेपाल विद्यार्थी संघको जिल्ला सभापति, स्वतन्त्र विद्यार्थी युनियन, धवलागिरि बहुमुखी क्याम्पसको सचिव हुँदै दुईपटकसम्म वडाध्यक्ष बन्नुभएका थापा राजनीतिसँगै सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।

२०५८ सालमा कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघबाट उहाँको राजनीतिक यात्रा सुरू भएको थियो ।

यस्तै, सचिवमा तेजप्रसाद शर्मा, सहसचिव महिला० मा पूर्णमाया सुनार र सहसचिव ९खुला०मा दुर्गाबहादुर बोहरा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।