• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

कांग्रेस बागलुङ नगर सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ, ८ असोज
नेपाली कांग्रेस बागलुङ नगर कार्यसमितिको सभापतिमा नारायण पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न बागलुङ नगर अधिवेशनले पौडेललाई सर्वसम्मत रूपमा नगर सभापतिमा निर्वाचित गरेको निर्वाचन संयोजक गीताकुमारी लामिछानेले जानकारी दिइन्।

नगर सभापति पदका लागि नारायण पौडेल, आशिक राजभण्डारी र नारायणप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गरेका थिए। सहमतिपछि पौडेल सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित सभापति पौडेल यसअघि नेपाली कांग्रेस बागलुङ नगर कार्यसमितिका उपसभापति थिए। सभापतिका अर्का उम्मेदवार आशिकराज भण्डारी नगर सचिव तथा नारायणप्रसाद श्रेष्ठ नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य हुन्।

त्यस्तै, खुला उपसभापतिमा हायश्वर सुबेदी, महिला उपसभापतिमा सिर्जना अधिकारी, सचिवमा कमल बोहोरा र सहसचिवमा दीपेन्द्र गौतम सर्वसम्मत निर्वाचित भएका छन्।

समितिको सदस्यहरुमा कृष्ण गिरी, सुमित्रा शर्मा, सिता बोहोरा, डा.कल्पना लिम्बु, कृष्ण आचार्य, पूजा आचार्य, भरत कुमार सापकोटा, रुपा किसान, शोभाखर सापकोटो, गणेश केसी, सिता देवी शर्मा, भोजबहादुर जिसी, प्रेमराज पौडेल, नन्दकली परियार, डिल्लीराज जैशी, अमृता थापा, चन्द्रबहादुर थापा, प्रतिभा केसी, नरप्रसाद शर्मा, नारायणी शर्मा, सुनिल केसी, अनुप रिजाल, स्नेहा सापकोटा, अषिस बोसेल र सृष्टी परियार सर्वसम्म निर्वाचित भएका छन ।

कार्यसमितिको निर्णय पश्चात कोषाध्यक्ष मनोनित हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।