• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

बागलुङ नगर कांग्रेसको नेतृत्वमा पौडेलको उम्मेदवारी घोषणा

बागलुङ, असोज ६

नेपाली कांग्रेसको आन्तरिक अधिवेशन प्रक्रिया अगाडि बढेसँगै बागलुङ नगरपालिकाको आगामी नेतृत्वबारे राजनीतिक वृत्तमा चर्चा र चासो बढ्न थालेको छ।

पार्टीको वडास्तरको अधिवेशन सम्पन्न भइसकेपछि आगामी असोज ७ गते हुने बागलुङ नगर अधिवेशनमा नगर सभापति पदका लागि वर्तमान नगर उपसभापति तथा युवा व्यवसायी नारायण पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गरेसँगै पौडेल अहिले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने र प्रचारप्रसारमा लागेका छन्।

पौडेलले आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउँदै सर्वसम्मतका लागि हुने छलफलमा आफ्नो नाममा सहमति जुटे त्यसका लागि तयार रहेको बताएका छन्। यद्यपि, सहमति हुन नसकी निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था आए पनि आफू निर्वाचनमा सहभागी हुन तयार रहेको उनको भनाइ छ।बागलुङ नगर कांग्रेसको नेतृत्वमा पौडेलको उम्मेदवारी घोषणा

नगर अधिवेशन नजिकिँदै जाँदा सभापतिसहित विभिन्न पदमा उम्मेदवारीका लागि आकांक्षीहरूको चर्चा र आन्तरिक छलफलसमेत तीव्र बन्दै गएको छ।