• २०८३ कार्तिक ९, आइतबार
  • 2026 October 25, Sunday
  • Unicode Converter

वातावरण दिवसमा कालिका मन्दिर परिसरमा वृक्षरोपण

बागलुङ, २२ जेठ

विश्व वातावरण दिवसका अवसरमा शुक्रबार बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना र कालिका भगवती गुठी व्यवस्थापन समितिको समन्वयमा एक सयभन्दा बढी बोटबिरुवा रोपिएको हो ।

अमला, कल्की, रुद्राक्ष, तेजपात, कपुरलगाय औषधीय गुण भएका बोट रोपिएको कालिका गुठीका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए । मन्दिरको ‘भ्यू टावर’लगायत क्षेत्रमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थी, गुठीका पदाधिकारी, सुरक्षाकर्मी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रजिअ आचार्यले वातावरण स्वच्छ र हराभरा राख्न वृक्षरोपणलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताए ।