• २०८३ कार्तिक २८, शुक्रबार
  • 2026 November 13, Friday
  • Unicode Converter

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

पोखरा, १८ कात्तिक
फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुन अनुसार व्यवस्थित गरी सुरक्षित ढंगले संचालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजिनक रूपमा आग्रह गरेको छ ।

कार्यालयले मंगलबार विज्ञप्तिमार्फत डुंगा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र संचालन गर्न भनेको छ । लाइफ ज्याजेकविना ती गतिविधिमा भाग लिनबाट पूर्ण रूपमा रोक लगाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीले सेवाग्राहीरूले के-कस्तो अवस्थामा जलपर्यटसँगसम्बन्धी गतिविधिमा भाग लिएका छन् भनेर नियमित निगरानी गर्नुपर्ने उल्लेख गरिएको छ । १६ वर्षुमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ र सर्फिङ बोट संचालन गर्न नदिन आग्रह गरिएको छ । त्यस्तै तोकिएको स्थानमा मात्र कायाकिङ र सर्फिङ बोट संचालन गर्न अनुरोध गरिएको छ ।

पूर्व स्वीकृति लिएको भन्दा बढी संख्यामा कायाकिङ र सर्फिङ बोट संचालन नगर्न भनिएको छ । पर्यावरणीय स्वच्छता र सुन्दरतामा आँच नआउने गरि जलपर्यटन गतिविधि संचालन गर्न अनुरोध गरिएको छ । यीलगायत विभिन्न १५ वटा बुँदामा डुंगा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।