बागलुङ, २ असोज
पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर संचालनमा आएको छ । अविरल वर्षासँगै दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा–८, छिस्तीको बेलबगरस्थित चौरीखोलामा पहिरो खस्दा कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएको थियो ।
बुधबार बिहान खसेको पहिरो स्थानीय निकायको समन्वयमा कालिका कन्ट्रक्सनले पन्छायपछि आज बिहानबाट यातायात सुचारु भएको जैमिनी नगरपालीकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
सदरमुकाम बागलुङ बजारबाट दक्षिण क्षेत्र जोड्ने करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै पश्चिम चल्ने सबै सवारीसधान रोकिएका थिए ।