बागलुङ, ३१ भदौ
गलकोट नगरपालिका –२ भुङ्खानीमा पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ ।
लगातार वर्षाका कारण आएको पहिरोले अवरूद्ध बनेको मध्यपहाडी लोकमार्ग आज दिउँसोदेखि सञ्चालनमा आएको हो । नरेठाँटी प्रहरी चौकी, स्थानीय तह र स्थानीयवासीको सहयोगमा पहिरो पन्छ्यापछि अवरुद्ध सडक सञ्चालनमा आएको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।
सडकमा पहिरो गएपछि ठुला सवारी साधनहरु रोकिएका थिए भने साना सवारीसाधनहरु वैकल्पिक सकडमार्फत आवतजावत गरेका थिए ।