बागलुङ, २८ भदौ
जेन्जी आन्दोलनका कारण बन्द रहेका बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालयहरु आइतबार (भोलि) देखि नियमित सञ्चालनमा आउने भएका छन् । अवस्था सहज भएपछि नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको शिक्षा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए ।
यही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण विद्यालय बन्द भएका थिए । कतिपय विद्यालयको पूर्वनिर्धारित परीक्षासमेत आन्दोलनका कारण प्रभावित भएको छ । शनिबारदेखि कफ्र्यु र निषेधाज्ञा हटेपछि बागलुङको जनजीवन सामान्य बन्दै गएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा आएको छ । बजार पनि पूर्ववत् रुपमा खुलेको छ ।