• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङमा पुनः थपियो निषेधाज्ञा

बागलुङ, २७ भदौ

जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि बागलुङ नगरपालिकाका वडा नं.१, २, ३ र ४ गलकोट नगरपालिकाको वडा नं. ३, ५ र ६ जैमिनी नगरपालिका वडा नं. १ को सबै क्षेत्र, ढोरपाटन नगरपालिका वडा नं. १,२ र ३ को सबै क्षेत्र, बडिगाड गाउँपालिकाको मध्यपहाडी लोकमार्ग क्षेत्र मा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन,धर्ना घेराउ,जुलुस प्रर्दशन तथा सभा जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा आदेशको अवज्ञा गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध सिर्जना गर्ने जो कोहि उपर प्रचलित कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिनुभयो ।