बागलुङ, २६ भदौ
जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान १०ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि बागलुङ नगरपालिकाका वडा नं. १, २, ३ र ४ गलकोट नगरपालिकाको वडा नं. ३, ५ र ६ जैमिनी नगरपालिका वडा नं. १ को सबै क्षेत्र, बजिगाड गाउँपालिकाको मध्यपहाडी लोकमार्ग क्षेत्र र ढोरपाटन नगरपालिकाको वडा नं. १, २ र ३ मा निषेधाज्ञा जारी गरिएको हो ।
