• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

पोखरामा लाग्यो कर्फ्यु

पोखरा, २४ भदौ

पोखरामा जेनजी पुस्ताको आन्दोलन चर्कदैं गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले कर्फ्यु आदेश जारी गरेको छ ।

पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा मंगलबार बिहान १० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माद्वारा जारी आदेशमा उल्लेख छ ।

पूर्वतर्फ पोखरा–९ चाइनापुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै बिरौटाचोक, पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, नदीपुर हुँदै केआइसिंह पुलसम्म, पश्चिमतर्फ बागलुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्म कर्फ्यु आदेश जारी भएको हो ।

यस्तै पोखरा–१ स्थित पृथ्वीनारायण क्याम्पसदेखि ट्याक्सीचोक हुँदै बागलुङ बसपार्कसम्मको क्षेत्र र दक्षिणतर्फ हल्लनचोकदेखि राष्ट्रबैंकचोक हुँदै बिरौटासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।