मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनस्स्थापित
बागलुङ, १ वैशाख मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ । दुई स्थानबीच विसं २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो। तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता टुकुचे र तोगा सिटीबीच सम्बन्ध निष्क्रिय […]