रातामाटा सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा सम्पन्न
बागलुङ, ३ माघ बागलुङ नगरपालिका–३ स्थित रातामाटा सामुदायिक वन उपभोक्ता समूहको सातौँ साधारणसभा शनिबार सम्पन्न भएको छ । समूहका ज्येष्ठ सदस्य बद्रीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ, बागलुङका अध्यक्ष कुलबहादुर कार्की, रातामाटा विकास समाजका अध्यक्ष हिमालप्रसाद शर्मा, समूहका निवर्तमान अध्यक्ष वैकुण्ठप्रसाद सापकोटा, आमा समूहका अध्यक्ष अमृता शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए […]