सेवा प्रवाहलाई सहज बनाउँछौँ – प्रजिअ आचार्य
बागलुङ, २५ पुस बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाइने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले नागरिकलाई छरितो र झण्झटरहित ढङ्गले सेवा दिनुपर्ने बताए । जिल्लाको शान्तिसुरक्षालाई चुस्त र व्यवस्थित राख्न सबै पक्षसँग सहकार्य गर्ने प्रजिअ आचार्यले बताए । उनले कर्मचारीले सरकारी कार्यालयप्रतिको […]