प्रथम दीक्षान्त समारोहको तयारीमा गण्डकी विश्वविद्यालय
पोखरा, २५ चैत नेपालकै पहिलो प्रदेशस्तरीय विश्वविद्यालय गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह यही चैत २८ गते आयोजना हुने भएको छ । पोखरा महानगरपालिका–३२ स्थित विश्वविद्यालय प्राङ्गणमा हुने दीक्षान्त समारोहको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दीक्षान्त समारोहमा ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका ११, ‘ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी’ (बिआइटी)का १८, ‘ब्याचलर्स […]