पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना
पोखरा, २९ जेठ पर्यटकीय राजधानी पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना संचालन गर्ने भएको छ । महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा सहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पर्यटकीय क्षेत्र पञ्चासे जोड्ने गरी साइकल लेनसहितको विशेष पहुँच मार्ग र अध्ययन केन्द्र निर्माण गरिने भएको हो । […]