पदयात्रामा जाँदा सतर्कता अपनाउन आग्रह
पोखरा, ११ कात्तिक गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्न सक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म […]