जैमिनी बन्यो गण्डकीको पाँचौँ बालमैत्री नगर
बागलुङ, १९ जेठ बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालमैत्री स्थानीय शासनयुक्तसँगै जैमिनीलाई बालश्रममुक्त, बालविबाहमुक्त र सडक बालबालिकामुक्त नगरपालिका घोषणा गरे । नगरपालिकाको केन्द्र कुश्मीसेरामा आयोजित विशेष समारोहमा मुख्यमन्त्री पाण्डेसहित गण्डकी प्रदेशसभाका सदस्य, जनप्रतिनिधिलगायतले बालमैत्री स्थानीय शासनको दिगोपना, प्रभावकारी कार्यान्वयन र निरन्तरताका लागि सामुहिक […]