बागलुङमा चक्कु प्रहार गरी साथीको हत्या
बागलुङ, २८ साउन बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा माझकटेरामा सँगै काम गर्ने साथीको चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ। जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय अर्जुन घर्तीले सोही वडाका ४० वर्षीय अशोक खत्रीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिनुभयो। […]