प्रबुद्ध युवा समूहले प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता गर्ने
बागलुङ, १० भदौ प्रबुद्ध युवा समूहले हरितालिका तीजको अवसरमा गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। बुधबार बागलुङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो। समूहका अध्यक्ष रोहित सुनारले मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार २०७९ […]