अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
पोखरा, ३ असार अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन् । चालु आवको जेठसम्ममा चार लाख ४१ हजार चार सय २२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१/०८२ मा जम्मा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । […]