धवलागिरि क्याम्पसमा अनुसन्धान र नवप्रर्वतनबारे राष्ट्रिय सङ्गोष्ठी सुरु
बागलुङ, २२ जेठ धवलागिरि बहुमुखी क्याम्पसमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिद्वारा आयोजित सङ्गोष्ठीको आयोगका पूर्वअध्यक्ष प्राडा भीप्रसाद सुवेदीले उद्घाटन गरे । उनले क्याम्पसले पठनपाठनसँगै अनुसन्धानलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताए । धवलागिरि क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले गरेका […]