चुनाव प्रचारलाई व्यवस्थित र अनुशासित बनाउन स्थानीय प्रशासनको आग्रह
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि यही फागुन १८ गतेसम्म प्रचारप्रसारको समय तोकेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन केन्द्रित कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउ सम्बद्ध पक्षहरूमा अनुरोध गरेको छ । कार्यालयले सार्वजनिक सूचनामार्फत राजनीतिक दलले गर्ने जनप्रदर्शन, आमसभा जस्ता कार्यक्रम संचालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहबाट अनुमति लिई सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन […]