• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

गण्डकी प्रदेशसभामा नेताहरूको एकै स्वर : हामी सच्चिन्छौँ

पोखरा, ९ चैत

गण्डकी प्रदेशसभा बैठकमा बोल्ने पुराना राजनीतिक दलका नेताहरूले विगतमा आफ्नो पार्टी र नेतृत्वले गरेको कमजारीका कारण चुनावमा अकल्पनीय पराजय भोग्नुपरेको बताएका छन् ।

उनीहरूले चुनावी परिणामलाई स्वीकार गर्दै पुनस् जनताको विश्वास आर्जन गर्ने गरी आफूहरू सच्चिएर अगाडि बढ्ने बताएका हुन् । नेकपा ९एमाले० संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पुराना र स्थापित दलहरूलाई जनताले चुनावमार्फत सजाएँ दिएको बताउनुभयो । “जनताले हामीलाई सजाएँ दिएका छन्, जनताको अभिमतलाई सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अब देखिने र बुझिने गरी हामी सुध्रिन्छौ, सच्चिएर अगाडि बढ्छौँ ।”

नेता अधिकारीले अब पार्टीको नीति, सिद्धान्त र नेतृत्वलाई सही ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो । आफूहरू जनताको सेवक र दुस्खसुखको साथी भएको उहाँको भनाइ छ । उहाँले संघ सरकारले प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्न खोजे त्यसको प्रतिवाद गरिने बताउनुभयो ।

विपक्षी दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका नेता हरिबहादुर चुमानले जनताका माग र अपेक्षा पूरा गर्ने सबालमा पुराना दलहरू असफल भएको बताउनुभयो । “हामीबाट भएका कमजारीलाई स्वीकार्नै पर्छ, सच्चिनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “अब पनि पुरानै ढर्राको सोच, विचार र कार्यशैली लिएर हिँड्ने हो भने हामी अझै पछारिन्छौँ ।” उहाँले यसअघि बनेका सरकारले जनताको सुशासन र विकासको आकंक्षा पूरा गर्न नसकेको बताउनुभयो । सरकार मातहतका निकायहरूको संस्थागत सुदृढ़ीकरण पनि हुन नसकेको उहाँको भनाइ छ ।

नेपाली काँग्रेसको संसदीय दलका तर्फबाट बोल्दै प्रदेशसभा सदस्य महेन्द्र जिसीले पुराना राजनीतिक दलकै कारण आजको अवस्था सिर्जना भएको बताउनुभयो । दलका नेताहरूले आफूले गरेका कमजोरीको जवाफदेहिता लिनुपर्ने उहाँले बताउनुभयो ।