बागलुङ, ५ मंसिर
नेपाली कांग्रेस देउवा पक्षको बागलुङ जिल्ला सभापतिमा सागर छन्त्याल चयन हुनुभएको छ । शुक्रबार बागलुङ बजारमा सम्पन्न जिल्ला अधिवेशनबाट छन्त्याल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।
उपसभापति महेन्द्र आचार्य र शैलेश घर्ती, सचिवमा सन्तोष जिसी र धर्म घर्ती, सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी चयन हुनुभएको छ ।
अधिवेशनकाे शुक्रबार पूर्वप्रधानमन्त्री एवं पूर्व सभापित शेरबहादुर देउवाले उद्घाटन गरेकाे थिए ।
