• २०८३ कार्तिक २८, शुक्रबार
  • 2026 November 13, Friday
  • Unicode Converter

बागलुङ – सुनौली भिआइपी बस सेवा सुरू

बागलुङ, १९ कात्तिक

धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले बागलुङ देखि नारायणगढ हुँदै सुनौलीका आधुनिक सुविधायुक्त भिआइपी बस सेवा सुरु गरेको छ । बुधबार बागलुङ नगरपालिका–३ का वडाध्यक्ष शनि केसीले यात्रुलाई खादा लगाएर बिदाइ गरि बस सेवाको शुभारम्भ गर्नुभएको हो ।

यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै दीपावलीको अवसर पारेर भिआइपी टु इन वान बस सेवा संचालनमा ल्याएको यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।

प्रत्येक दिन साँझ ७:१५ बजे बागलुङको ट्राफिकचोकबाट बस छुट्ने जनाइएको छ । त्यस्तै गरि बेनीबाट बाट ६:१५ र कुश्मा बाट सोही बस ८ बजे छुट्ने छ । २९ सिट क्षमता रहेको बसको एकतर्फी भाडा बेनी –सुनौली २ हजार १५०, बागलुङ –सुनौली १ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रालिमार्फत धौलागिरिका चार जिल्लाबाट देशभरिका विभिन्न गन्तव्यमा लामो तथा छोटो दूरीका दिवा, रात्रि बस तथा इभी सेवा संचालन गरिरहेको र समय समयमा आधुनिक तथा सुविधा सम्पन्न बस सेवा संचालन गर्दै आएको र यसकै निरन्तरता स्वरुप बागलुङ – सुनौली बस सेवा सुरु गरेको अध्यक्ष केसीले बताउनुभयो ।

केसीले केही समय भित्रै बागलुङ – काठमाडौँका लागि अहिले चलिरहको भन्दा थप सुविधा सम्पन्न बस सेवा संचालन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।