• २०८३ कार्तिक १२, बुधबार
  • 2026 October 28, Wednesday
  • Unicode Converter

लापसे र मापसे गरी सवारी चलाउने सात चालक कारबाहीमा

पोखरा, १० कात्तिक
लागुऔषध र मादक पदार्थ सेवन गरी सवारी चलाउने सात चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडि बढाएको छ ।

इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौँडा र जिल्ला ट्राफिक कार्यालयको संयुक्त टोलीले सोमबार पोखरा महानगरपालिका–३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्ग गरेको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

लागुपदार्थ सेवन गरी बस चलाउने तनहुँको शुक्लागण्डकी नगरपालिका-६ का ३८ वर्षीय दीपक विक, म्याग्दे गाउँपालिका-५ का २८ वर्षीय अमृत नेपाली, वडा नं. ६ का ३० वर्षीय मनिष गुरूङ, वडा नं. २३ वर्षीय विवेक नेपाली र भिमाद नगरपालिका-५ का २३ वर्षीय कृष्ण परियारलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

त्यस्तै मादक पदार्थ सेवन गरी बस चलाउने शुक्लागण्डकी नगरपालिका-११ का ५३ वर्षीय खिमबहादुर खत्रीलाई पनि नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।