१६ दिनपछि संचालनमा आयो मालढुङ्गा पुल
बागलुङ, २६ असोज यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि बन्द रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुल सोमबारदेखि संचालनमा आएको छ । बाढीले पुलको पहुँच सडक बगाएपछि १६ दिनदेखि पुलमा सवारी आवागमन रोकिएको थियो । पहुँच सडक मर्मतपछि पुल संचालनमा आएको सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो । […]