• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

लुटिएका सामग्री फिर्ता गर्न आग्रह

पोखरा, २८ भदौ

जेन्जी आन्दोलनका क्रममा अवाञ्छित समूहद्वारा घुसपैठ गरी पोखरा महानगरपालिकाका विभिन्न ठाउँबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न सम्बद्ध पक्षसँग जिल्ला प्रशासन कार्यालय, कास्कीले अनुरोध गरेको छ ।

यही भदौ २४ गते जिल्लाका सरकारी कार्यालय, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल, राजनीतिक दलका कार्यालय आदिबाट लुटपाट गरिएका हातहतियार, सञ्चार सेट, धनमाल, फर्निचर, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, भाँडाकुँडालगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो ।

लुटपाट गरिएका सामग्री लुकाएर राखिएका स्थान पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुन बमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारीले रुद्रादेवी शर्माले जानकारी दिइन् ।