• २०८३ कार्तिक ८, शनिबार
  • 2026 October 24, Saturday
  • Unicode Converter

बागलुङमा मनाइयो मानव बेचबिखनविरूद्धको दिवस

बागलुङ, २० भदौ

माववबेचबिखन र ओसारपसारका घटना नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । मानव बेचबिखन तथा अवैध ओसारपसार विरूद्धको दिवसका अवसरमा शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रमका वक्ताहरूले कुनै न कुनै रुपमा, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू बेचबिखनमा परे पनि उजुरी नआउने कारणले खोजीनितीमा असर परिरहेको बताएका हुन् ।

उनीहरुले मानव बेचबिखन जस्तो गम्भीर अपराधबारे सचेतनाको कमीका कारण कैयौं नागरिक पीडामा परेको बताए । समयमा उजुरी गरेमा अपराधबाट पीडितलाई बचाउन सकिने उनीहरूको भनाइ थियो । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले पहाडी क्षेत्रमातुलनात्मककमभएपनि यो जोखिमको क्षेत्र भएकोले सबैको चासो बढ्नुपर्ने बताए । यातायात र सामाजिक संजालको प्रयोगले पनि जोखिम निम्त्याएको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षता र सहायक प्रजिअ पुष्पराज पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, नेकपा ९एमाले० बागलुङका अध्यक्ष हिराबहादुर केसीलगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले मानव बेचबिखन र ओसारपसार बारेको कार्यपत्र प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार घटनाको रुपमा जिल्लामा अघिल्लो पछिल्लो दुई वर्षमा दुईवटा मात्र मानव बेचबिखनका मुद्दा परेको बताए । दिवसका अवसरमा बिहान प्रभातफेरी आयोजना गरिएको थियो । प्रभातफेरीमा कानुन व्यवसायी, पत्रकार, सामाजिक क्षेत्रका अगुवा, कर्मचारी र जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।