पोखरा, १८ असोज
कास्कीस्थित बेगनास तालमा शनिबार पौडी खेल्ने क्रममा सल्यान घर भई हाल पोखरा महानगरपालिकामा बस्ने २४ वर्षीय नरेश विकको डुबेर मृत्यु भएको छ ।
तालमा डुबेर बेपत्ता हुनुभएका विकलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले साँझ ७ बजे तालको २५ फिट मुनि मृत अवस्थामा फेला पारेको थियो ।
विकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।