• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

पहिरोमा पुरिएर बेपत्ता महिलाको शव भेटियो

बागलुङ, १४ असोज

अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएकी बागलुङको तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार उनको शव शनिबार भेटिएको हो ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका ५ जना, निसीखोला गाउँपालिकाका ६ जना र ताराखोला गाउँपालिकाका ३ जना रहेका छन् ।