• २०८३ कार्तिक ९, आइतबार
  • 2026 October 25, Sunday
  • Unicode Converter

जिल्ला साइक्लिङ संघ बागलुङको अध्यक्षमा शाही

बागलुङ, ४ असोज

जिल्ला साइक्लिङ संघ बागलुङको अध्यक्षमा केवी शाही चयन हुनुभएको छ । २०८३–२०८६ का लागि नवगठित कार्यसमितिको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा सुभाष खड्का र कोषाध्यक्षमा गोपाल विक चयन भएका छन् ।

समितिका सदस्यहरूमा निर्मल जिसी, जोहन राजभण्डारी र सुलभ श्रीष रहनुभएको छ । निशान खड्कालाई निवर्तमान अध्यक्ष तथा राजेश बास्कोटालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। यस्तै जिल्ला साइक्लिङ संघको बैठकले प्रदेश समितिको सदस्यका रूपमा प्रतिनिधित्व गर्न अध्यक्ष केवी शाहीलाई छनोट गर्ने निर्णयसमेत गरेको छ।

प्रदेशस्तरमा जिल्लाको प्रतिनिधित्व गर्दै साइकिलिङ खेलको विकास र प्रवर्द्धनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ। नवगठित कार्यसमितिले जिल्लामा साइक्लिङ खेलको विकास तथा विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रशिक्षण, प्रतियोगिता, खेलकुद जनचेतना तथा खेलाडीहरूको सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्ने योजना संघले अघि सारेको छ। त्यसैगरी स्थानीय तह, प्रदेश संघ तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै जिल्लामा साइक्लिङ खेललाई संस्थागत रूपमा अगाडि बढाउने लक्ष्य राखिएको छ।