बागलुङ, ११ भदौ
आफ्नै १४ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बागलुङका एक पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पक्राउ परेका ४८ वर्षीय पुरूषलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ती पुरूषले आफ्नै छोरीलाई पटकपटक जबर्जस्ती करणी गर्ने गरेको सूचनामा आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पक्राउ परेका पुरूषले यसअघि पनि जबर्जस्ती करणीको मुद्दामा सजाय पाएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
