बागलुङ, २० साउन
नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले आफ्ना पूर्वअध्यक्ष रामबहादुर जिसीकी आमा नन्दकुमारी जिसीको निधनप्रति दुस्ख व्यक्त गरेको छ ।
आज शोक वक्तव्य जारी गर्दै महासंघले दिवंगत जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मातृशोकमा पर्नुभएका पूर्वअध्यक्ष रामबहादुर जिसीसहित परिवार र आफन्तजनमा समवेदना प्रकट गरेको हो ।
आदर्श सञ्चार सहकारी संस्था लि। का अध्यक्ष हुमाकुमारी जिसी ‘अन्जु’की सासुआमा र पत्रकार रोहन जिसीकी हजुरआमा नन्दकुमारी जिसीको ८३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।
काठेखोला गाउँपालिका(७ रेश निवासी उहाँको आजै कालीगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ
