• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

सुवेदीद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहयोग

बागलुङ, ३ साउन
बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापका हाल बेलायतमा रहेका कुश्मराज सुवेदीले जिल्लाका दुई जना अपाङ्गता भएका व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग गर्नुभएको छ।

आइतबार सुवेदीले जैमिनी–९ पैयुथन्थापका अपाङ्गता भएका कुलबहादुर थापा र सोही स्थानका  मंगलसिंह परियारलाई करिब रु. ६२ हजार बराबरका खाद्यान्न,शैक्षिक सामग्री,  लत्ताकपडा तथा नगद सहयोग उपलब्ध गराउनुभएको हो।

आफू तथा बेलायतमा रहेका आफन्तबाट संकलित रकमबाट सहयोग गरिएको सुवेदीले बताउनुभयो। उहाँले आगामी दिनमा पनि सहयोग कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बेलायतमा रहेका विभिन्न नेपाली समाज तथा संस्थासँग सहकार्य गर्दै आफ्नो गृहजिल्लाका अपाङ्गता, असहाय र विपन्न नागरिकलाई सहयोग गर्ने योजना रहेको भन्दै सुवेदीले यो अभियानको सुरुवात मात्र भएको बताउनुभयो ।