• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

सवारी दुर्घटनामा पाँच जना घाइते

बागलुङ, ३ असार

बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका–३, रातमाटामा एकापसमा ठोक्किदा पाचँ जना घाइते भएका छन् ।

बुर्तिबाङतर्फ जाँदै गरेको जिपमा सवार १४ जनामध्ये पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो ।

घाइते हुनेहरूमा निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, सोही गाउँपालिका–४ की १७ वर्षीया दिलमाया रसाइली, निसीखोला गाउँपालिका–३ का १५ वर्षीय हिमाल शाही ठकुरी र १७ वर्षीया लक्ष्मी विक छन् ।

घाइतेहरूको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ । घाइतेहरूको शरीरका विभिन्न भागसहित चिउँडो, आँखा, हात र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।