• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना

पोखरा, २९ जेठ

पर्यटकीय राजधानी पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना संचालन गर्ने भएको छ ।

महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा सहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पर्यटकीय क्षेत्र पञ्चासे जोड्ने गरी साइकल लेनसहितको विशेष पहुँच मार्ग र अध्ययन केन्द्र निर्माण गरिने भएको हो ।

पोखरा महानगरपालिका९२३ घाँटीछिनादेखि कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेको भञ्ज्याङसम्म निर्माण गरिने विशेष पहुँच मार्गको बोलपत्र सम्बन्धी कागजात र संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

महानगर कार्यपालिकाको बिहीबारको बैठकबाट उक्त प्रतिवेदन स्वीकृत भएसँगै पोखराको दिगो पर्यटन विकास र समृद्धिका नयाँ पहल अगाडि बढेको उनले बताए ।

उक्त आयोजनाको लागत अनुमान रु। एक अर्ब ३० करोड रहेको छ। आयोजनाले पोखराको पर्यटन प्रवर्द्धन, दिगो सहरी यातायात र पर्यावरणमैत्री पूर्वाधार निर्माण, जैविक विविधताको अध्ययन तथा अनुसन्धानका का लागि ठुलो योगदान पुर्‍याउने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताए।