• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

नृत्य प्रतियोगितामा युएस, एभरेष्ट र प्रिसियस विजयी

बागलुङ, २४ जेठ

बागलुङ नगरपालिका–२ स्थित चेतनशील बाल क्लबको आयोजनामा बालमैत्री कार्यक्रमअन्तर्गत आइतबार नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा युएस एकेडेमी प्रथम, न्यु एभरेष्ट एकेडेमी द्वितीय तथा प्रिसियस एकेडेमी तृतीय भएका छन्। विजेता टोलीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

बालबालिकामा कला, संस्कृति तथा राष्ट्रिय भावनाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिता फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।

“राष्ट्रप्रेम, कला, संस्कृति र एकता हाम्रो पहिचान” भन्ने नारासहित आयोजित प्रतियोगितामा बागलुङ नगरपालिका वडा नं.१, २, ३ र ४ का १५ विद्यालयहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली कला, संस्कृति र सामाजिक सन्देश बोकेका विविध नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेल, बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, कालिका भगवती गुठीका अध्यक्ष भूपेन्द्र खड्का, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’, बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त सापकोटालगायतले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

चेतनशील बाल क्लबका अध्यक्ष चिराग रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवीन शर्मा चोलागाईं र क्लबकी सदस्य दिव्यानी अधिकारीले गरेकी थिइन् । प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै कला र संस्कृतिप्रति आकर्षण बढाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।