पोखरा, १९ जेठ
गण्डकी प्रदेश सरकारको आगामी आव २०८३र०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरू भएको थियो । यसबीचमा विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
